Hamro Sanchar

बारेकोट गाउँपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकतामा गोठालो भत्ता, बारेकोट रोजगार बैंक, सुपथ मुल्यका पसल, ४० बर्ष भन्दा माथिका अविवाहित पूरुषलाई एकल पुरुष भत्ता

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/३/१३ गते
जाजरकोट

बारेकोट गाउँपालिकाको १५ औं गाउँ सभा सुक्रबारदेखि सुरु भएको छ । गाउँसभाको पहिलो दिन गाउँपालिकाका अध्यक्ष तथा १५ औं गाउँ सभाका अध्यक्ष बीर बहादुर गिरीले सभामा प्रस्तुत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा व्यवसायिक पशु पालक किसानलाई गोठालो भत्ताको व्यवस्था गर्ने, बारेकोटको गरिबी निवारण गर्न बारेकोट रोजगार बैंक स्थापना गर्ने, बारेकोटमा सुपथ मुल्यका पसलहरु संचालनमा ल्याउने, ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा उपचार गर्न गाउँ–गाउँमा घुम्ती शिवीर संचालन गर्ने, जनयुद्ध र जनआन्दोलनका घाईते, अपाङ्गर र शहिद परिवारलाई विशेष राहतका कार्यक्रम ल्याउने, जीवन संगिनी गुमाएका एकल पूरुषलाई विदुर भत्ताको व्यवस्था गर्ने, वडा कार्यालयबाटै अपाङ्गता परिचय पत्र वितरण गर्ने, ४० बर्ष भन्दा माथिका अविवाहित पूरुषलाई एकल पुरुष भत्ता वितरण गर्ने विषयहरु प्राथमिकतामा परेका छन् ।

अध्यक्ष गिरीद्धारा प्रस्तुत गरिएको १९९ बुँदाको नीति तथा कार्यक्रममा गाउँपालिकामा अलग–अलग मानव र पशु घरको व्यवस्था गर्ने, एक वडा एक उत्पादनको कार्यक्रम संचालन गर्ने, बारेकोटमा तरकारीको आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रवद्र्धन गर्ने, मौरी र माछा पालनको सम्भाव्यता अध्ययन गर्ने, एक वडा एक पशु सेवा इकाई स्थापना गर्ने, पशु बीमा, पशु नस्ल सुधार, पशु पोषण कार्यक्रम संचालन गर्ने, कृतिम गर्भाधान, व्यवसायिक पशुपालन कृषकलाई गोठालो भत्ताको व्यवस्था, पर्यटन गुरुयोजना निर्माण गर्ने, महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रचार प्रसार र विकासमा जोड दिने, सिल्पाचौरमा होमस्टे संचालन गर्ने, धार्मिक तथा पर्यटकीय स्थल, कला संस्कृतिको संरक्षण गर्नुको साथै पुरातत्व विभागमा सुचीकृत गर्ने, आईटी पार्कको स्थापना गर्ने बिषयलाई समावेस गरिएको छ ।

बारेकोटको गरिवी निवारण गर्न बारेकोट रोजगार बैंक स्थापना गर्ने, उपभोक्ता समिति गठन र परिचालन सम्बन्धि कार्यविधि निर्माण गरी सिमान्तकृत वर्ग समुदायको नेतृत्वमा समातामुलक सहभागिताको सुनिश्चितता गर्ने, बेरोजगारहरुको सुचीलाई व्यवस्थि तगर्ने, बैंकिङ्क लगानीको वातावरण निर्माण गर्ने, फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने, सुपथ मुल्यका पसलहरु स्थापना गर्ने, नुनको डिपो स्थापना गर्ने, सहकारी संस्थाहरुसंगको साझेदारीमा आर्यआर्जन तथा गरिवी निवारण सम्बन्धि कार्यक्रम संचालन गर्ने, लघु उद्ययम विकासमा जोड दिने, आधारभुत तह (१–५) सम्मका विद्यालयलाई नमुना विद्यालय कायक्रम संचालन गर्ने, गृहणी शिक्षा, औपचारिक शिक्षा, मानव अधिकार शिक्षा कार्यक्रम संचालन गर्ने, प्रत्येक बर्ष एमबिबिएस र बिई पढ्ने विद्यार्थीलाई पालिकाले छात्रबृति सहयोग गर्ने, बहुँ प्राविधिक शिक्षालयको स्थापना गर्ने, उच्च शिक्षाको लागि स्नातक तहको पढाई संचालन गर्न क्याम्पस स्थापना गर्ने, अपाङ्गता भएका बालबालिकाहरुको लागि स्रोत कक्षा संचालन गर्ने अध्यक्ष गिरीले १५ औं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अध्यक्ष गिरीले पस्तुत गरेको १४ पृष्ठ लामो नीति तथा कार्यक्रममा ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा उपचार गर्न घुम्ती शिवीर संचालन गर्ने, जनयुद्ध र जनआन्दोलनका घाईते, अपाङ्गर र शहिद परिवारलाई विशेष राहत कार्यक्रम ल्याउने, जीवन संगिनी गुमाएका एकल पूरुषलाई विदुर भत्ताको व्यवस्था गर्ने, वडा कार्यालयबाटै अपाङ्गता परिचय पत्र वितरण गर्ने, ४० बर्ष भन्दा माथिका अविवाहित पूरुषलाई एकल पूरुष भत्ता दिने, गाउँपालिकामै अनाथालय स्थापना गर्ने, नलगाड हाईड्रोपावरको डुवान क्षेत्रबाट विस्थापित परिवारका लागि बस्ती व्यवस्थापन गर्ने, बारेकोट रिङरोड निर्माण गर्ने, ट्रयाक खोलिएका सडकहरुको स्तरोन्नति गर्ने, “हाम्रो जनता सडक कार्यक्रम” संचालन गर्ने, मोटरेवेल पुल, झोलुङ्गे पुल निर्माण गर्ने, केन्द्रिय विद्युत लाईन विस्तार गर्ने, रुख रोपौं, आफु बचौं र गाउँलाई बचाऔं कार्यक्रम संचालन गर्ने, निकट भविश्यमा डिजिटल पालिका बनाउन, पेपर लेस पालिका बनाउने, टेलि मेडिसन प्रणाली लागु गर्ने, तेस्रो पक्षबाट आयोजनाहरुको अनुगमन गर्ने, बारेकोट एफएम संचालन गर्ने जस्ता विषयहरु समेटिएको छ ।

यो समाचार तयार गर्दासम्म नीति तथा कार्यक्रम उपलब्ध गराएको गाउँपालिकाले बजेट भाषण तथा विनियोजित बजेट सिलिंङ्ग उपलब्ध गराउन सकेको छैन ।

 

बारेकोट गाउँपालिकाको १५ औ गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ २०७९-०८०

<

प्रतिकृया दिनुहोस्