Hamro Sanchar

जाजरकोटमा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/९/८ गते
जाजरकोट

जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको छ । गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको हो ।

पराम्परागत खेती प्रर्णालीलाई किसानहरुले बर्षेनी परिवर्तन गर्न थालेका छन् । धान, मकैं, गुहँु खेती जस्ता अन्न बाली उत्पादन गर्दै आएको जमिनमा किसानहरुले बर्षेनी व्यवसायिक सुन्तला खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । सुन्तला उत्पादनको लागि यस बर्ष राम्रो सिजन भएको बताउदै प्रधानमनत्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई जाजरकोटका निमित्त प्रमुख दिपेन्द्र पोखरेलले प्रत्येक बर्ष सुन्तला खेतीको क्षेत्र विस्तारले पनि यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको बताए ।

जाजरकोट जिल्लाको कुशे गाउँपालिकाका वडा नं. १ देखि ९ सम्म, भेरी नगरपालिका–१, २, ३, ४, ५, ६, ७ र १० नम्बर वडा, नलगाड नगरपालिकाको वडा नं. १ देखि ७ सम्म र छेडागाड नगरपालिकाको १०, ११ र १२ नम्बर वडाका १७५ नीजि फर्म, समुह, सहकारीले ६०५ हेक्टर जमिनमा व्यवसायिक सुन्तला खेती गरीरहेको निमित्त प्रमुख पोखरेलले जानकारी दिएका छन् । १७५ फर्म, समुह, सहकारीका २ हजार २०१ जना किसानहरुले व्यवसायिक सुन्तला खेती गरीरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यान्वयन इकाई जाजरकोटले जनाएको छ ।

गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको सुन्तला यस बर्ष ६ हजार ७५० मेट्रीटन उत्पादन भएको कृषि विकास कार्यालय, जाजरकोटका सुचना अधिकारी टोपेन्द्र विश्वकर्माले जानकारी दिएका छन् । किसानले बारीबाटै प्रतिकिलो ५० रुपैयामा बिक्रि वितरण गर्ने गरेको जानकारी दिदै सुचना अधिकारी विश्वकर्माले ६ हजार ७५० मेट्रीटन सुन्तलाको मुल्य ३३ करोड ७५ लाख हुन आउने बताए । विश्वकर्माले दिएको जानकारी अनुसार यस बर्ष जाजरकोट जिल्लामा ७५० हेक्टर जमिनमा किसानहरुले व्यवसायिक सुन्तला खेती गरिरहेका छन् । गत बर्ष पनि ७५० हेक्टर जमिनमा ५ हजार ८०० मेट्रीटन सुन्तला उत्पान गरेका किसानहरुले यस बर्ष ६ हजार ७५० मेट्रीटन सुन्तला उत्पान गरेका छन सुचना अधिकारी विश्वकर्माले भने–‘यस बर्ष सन्तला खेतीका लागि उपयुक्त मौषम भएको हदा उत्पादनमा बृद्धि भएको हो ।’

जाजरकोट जिल्लामा उत्पादन भएको सुन्तला सुर्खेत, जाजरकोटकै खलंगा, छेडागाड, नलगाड लगाएतका साना तथा मझौला बजारहरुमा विक्रि वितरण भईरहेको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यस बर्ष हालसम्म १९ करोडको सुन्तला विक्रि वितरण भईसकेको छ भने, १४ करोड भन्दा बढि मुल्यको सुन्तला विक्रि वितरण गर्न बाँकी रहेको छ ।

कुशे गाउँपालिका–५ दम्दालाका शक्ति बहादर वली, वीर बहादर मल्ल, कर्ण बहादु थापा, पदी थापा मल्ल लगाएतका ९० भन्दा बढि किसानहरुले बर्षेनी सुन्तला खेतीबाट ५ लाख भन्दा बढिको आम्दानी गरिरहेका छन् । सुन्तला खेतीबाट भएको आम्दानीलाई किसानहरुले छोरा–छोरीको शिक्षा, दिक्षा र स्वास्थ्य उपचारमा लगानी गर्दै आएका छन् । बारीमा उत्पादन भएको सुन्तलालाई बजारसम्मको सहज पहुँच विस्तार गर्न गुणस्तरीय सडक, यातायात संचालनको माग राख्दै आएका किसानहरुले बगैचा व्यवस्थापन सम्बन्धिको ज्ञान तालिम, सिंचाई सुविधा लगाएतका अन्य औषधि, उपकरणको पनि माग राख्ने गरेका छन ।

गरिबी, बेरोजगारीको लामो बिरासत बोकेको जाजरकोट जिल्लाको समृद्धिको एक आधार व्यवसायिक सुन्तला खेती भएको उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष रमेश केसीको भनाई रहेको छ । व्यवसायिक सुन्तला खेतीलाई प्रवद्र्धन नगरी जिल्लाको आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताउदै अध्यक्ष केसीले व्यवसायिक सुन्तला खेतीमा लागेका किसानहरुलाई सरकारले प्रोत्सान अनुदान, सहुलियत व्याजदरको ऋण प्रवाह गर्नुपर्ने बताए ।

सुन्तला खेती गरीरहेका साना तथा मझौता किसानहरुको स्तरबृद्धि गर्न नेपाल सरकारले जाजरकोट जिल्लामा आव २०७५÷०७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुन्तला जोन संचालनमा ल्याएको छ । उक्त परियोजनाले हालसम्म जाजरकोट जिल्लामा सुन्तला जोन तर्फ ३ करोड ८३ लाख खर्च गरेको परियोजना कार्यान्वयन इकाई जाजरकोटले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्