Hamro Sanchar

जाजरकोटकी प्रशंसा परिको ‘मन परेको जुत्ता’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१ गते
जाजरकोट

जाजरकोटकी उदयमान मोडल तथा नृत्यकार प्रशंसा परिको म्युजिक भिडियो ‘मन परेको जुत्ता’ बुधबारदेखि बजारमा आएको छ । सामाना म्युजिक क्रियशन आधिकारिक युटुब च्यानलबाट प्रशंसा परिको म्युजिक भिडियो ‘मन परेको जुत्ता’ बजारमा आएको हो ।

काठमाडौं सुकेधारा र धुम्बाराही आसपासका मनोरम आकर्षित ठाउँहरुमा छाँयाङ्कण गरिएको म्युजिक भिडियोमा शंकर बिसी र प्रसंशा परिको सुन्दर अभिनय रहेको छ । उक्त भिडियोमा बाल कलाकार सचिन परियार र वर्षा सुनारले स्क्रीन रोमान्स गरेका छन ।

निकै मेहेनत गरेर निर्माण गरिएको म्युजिक भिडियो ‘मन परेको जुत्ता’ को निर्देशन शंकर बिसी आफैले गरेका छन् । अत्यन्तै अब्यस्त छाँयाकार दुर्गा पौड्यालले म्युजिक भिडियोका फुटेजहरु क्यामेरामा कैद गरेका हुन् भने, मेकअप बिमला तामाङ्गले गरेकी थिईन् ।

दलजीत सुनारको शब्द संगित रहेको ‘मन परेको जुत्ता’ बोलको गीत चर्चित लोक गायक रामजी खाँण र पछिल्लो समयमा धेरैले रुचाएकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको छ ।

केटा केटी बिचको प्रेम बिबाहमा परिणत भएको कथामा आधारित यस म्युजिक भिडियोले धेरै श्रोताहरुको मनलाई जित्न सक्ने बिश्वास गरिएको छ । ‘मन परेको जुत्ता’ म्युजिक भिडियोले अपार सफलता हासिल गर्न सकेमा प्रशंसा परिले अन्य धेरै म्युजिक भिडियोहरुमा अभिनय गर्ने बताएकी छन् ।

 

भिडियाे

प्रतिकृया दिनुहोस्