News Portal

गृहपृष्ठ # kushemun.gov.np

कुशेको एक बिद्यालयमा शुक्रबार विद्यार्थीले कक्षा १२ काे परीक्षा दिन पाएनन्

कुशे गाउँपालिकाको एक विद्यालयमा शुक्रबार विद्यार्थीहरुले कक्षा १२ काे परीक्षा दिन पाएका छैनन् । विद्यालयमा ईन्टरनेटले काम नगरेपछि शुक्रबारको परीक्षा दिनबाट बिद्यार्थीहरु बन्चित भएका हुन् । कुशे गाउँपालिका–६ घरंगामा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा १२...बाँकी

बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशेमा मनाईयो बाल दिवस

बालबालिकाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशे गाउँपालिकामा ५७ औं राष्ट्रिय बाल दिवस मनाएका छन् । मंगलबार गाउँपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रमको आयोजना गरेर बालबालिकाहरुले ५७ औं राष्ट्रिय बाल दिवस मनाएका हुन् । पहाडी क्षेत्र...बाँकी

कुशेमा ६ हजार ४ सय बालबालिकालाई स्वःअध्ययन शैक्षिक सामाग्री बितरण

कुशे गाउँपालिकामा ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको छ । बाल विकास केन्द्र देखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको हो ।...बाँकी

पहिरोले भत्कायो कुशे–८ औलरिजाको विद्यालय भवन

अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका–८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो । पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय...बाँकी

कुशेमा लठ्ठी प्रहार गरी एक युवाको हत्या

कुुशे गाउँपालिका–८ जिन्तालामा एक युवाको हत्या गरिएको छ । प्रहार गरीको लठ्ठी ठाउकोमा लागेर बेहोस भएका युवाको राती नै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । बिमल प्रकास सिंहले प्रहार गरेको लठ्ठी टाउँकोमा लागेर जिन्तालाका...बाँकी

हेलिकप्टरबाट विरामीलाई उपचार स्थलमा पु¥याउदै आएको कुशे गाउँपालिका र सत्यनारायण शाही

प्लाष्टिकको कुर्सीमा बोकेर बिरामीलाई उपचार स्थलतिर लिदै गरेको यो तस्वीर कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पू भार्मको हो । प्रशासनिक केन्द्र जस्तो ठाउँमा गाउँपालिकाले स्टेचरको व्यवस्था गर्न नसकेपछि प्लाष्टिकको कुर्सीमा बोकेर बिरामीलाई उपचार स्थलतिर लिदै गर्दा...बाँकी

अबसर परियोजनाद्धारा कुशे गाउँपालिकालाई कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण

कुशे गाउँपालिकालाई अबसर परियोजनाले कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । १० लाख ११ हजार ८९० रुपैया मुल्य बराबरको कोभिड–१९ प्रतिकार्य सामाग्री परियोजनाले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाको कार्यालय थर्पुभार्मामा अबसर परियोजनाले बुधबार ५...बाँकी

जलजला पाटनमा बेपत्ता भएका ७ जनाको सकुशल उद्धार

कुशे गाँउपालिकाको जलजला पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीय नागरिकहरुको संयुक्त टोलीले पाँच दिनदेखि पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरेका हुन् । पाँच दिनदेखि कुनै...बाँकी

हावाहुरीले उढाएर जलजला पाटनमा सात जना चार दिनदेखि बेपत्ता

कुशे गाउँपालिकाको जलजला पाटनमा हावाहुरीले उढाएर सात जना चार दिनदेखि बेपत्ता भएका छन् । गाई, बाख्रा र भैसीलाई पाटन छोड्न जलजला पाटन पुगेका सात जनालाई हावाहुरीले उढाएर बेपत्ता बनाएको हो । गाई, भैसी, बाख्रा लगाएतका...बाँकी

कुशेमा ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, एक हप्ताको लागि स्वास्थ्य संस्था बन्द

कुशे गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । मंगलबार गरिएको एन्टीजेन परीक्षणबाट ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखा संयोजक अमर जंग शाहले जानकारी दिएका छन् ।...बाँकी